बेपत्ता भएको २३ दिनपछि शव फेला « Khabarhub

बेपत्ता भएको २३ दिनपछि शव फेला


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– गत जेठ २८ गते घरबाट एकाएक बेपत्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने २७ वर्षीय टीकाराम भट्टको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफँटका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार घरबाटै हराएका भट्टको शव २३ दिनपछि शनिबार शिखर नरपालिका–६ मा रहेको खनकट्टे सामुदायिक वनको भुरीइजरमा भेटिएको हो ।

भट्टको शव सडेको अवस्थामा गोरु गोठालाले भेटेका थिए । घटनाबारे जानकारी प्राप्त भएलगतै प्रहरी घटना स्थलमा पुगी आवश्यक मुचुल्का तयार पारीरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनका अनुसार घटनाका विषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनका आधारमा आफन्तले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ०१ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख