पृथ्वी राजमार्गमा पहिरोले ५ वटा सवारीसाधन पुरियो, २ जनाको मृत्यु « Khabarhub

पृथ्वी राजमार्गमा पहिरोले ५ वटा सवारीसाधन पुरियो, २ जनाको मृत्यु


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङ खोलामा आज बिहान पहिरो खस्दा पाँचवटा सवारी साधन पुरिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा सडकमाथिबाट खसेको पहिरोमा पर्दा अन्य ६ जना घाइते भएका छन् । ट्रक र कन्टेनर पहिरोले पुरिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको भारतीय ट्रक पुरिएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अवरुद्ध सडक अपराह्नदेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ९ : २५ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि