पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास « Khabarhub

पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

आज विहान सामाजिक सन्जाल फेसबुकमार्फत खड्काले सन्यासको घोषणा गरेका हुन् ।

डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । सन् २००९ देखि कप्तानको भूमिकामा रहेका उनले २ वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए ।

१९ वर्ष व्यावसायिक क्रिकेट खेलेका खण्डाले कप्तानबाट राजीनामा दिएको २ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि बिदा लिने घोषणा गरेका छन् । उनले २०७६ असोज २८ मा कप्तानबाट राजीनामा दिएका थिए ।

नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी मानिएका खड्काले राष्ट्रिय टोलीलाई पनि सफलता दिलाएका थिए ।

सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले आफ्नै कप्तानीमा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म दिलाउन भूमिका खेलेका थिए ।

नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनलाई सफल अलराउन्डर मानिन्छन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : १० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब