टाउको दुख्ने समस्या किन आउँछ ? | Khabarhub Khabarhub

टाउको दुख्ने समस्या किन आउँछ ?


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मीको मौसममा मानिसमा देखिने एउटा प्रमुख समस्या हो, टाउको दुख्ने । यो मौसममा मािनसमा अत्यधिक मात्रामा टाउको दुख्ने समस्या हुने गर्दछ । तर यसलाई सामान्य मान्नु हुदैँन । यसको समयमा उपचार गरिहाल्नु पर्दछ ।

सामान्य समस्या हो भन्दै हामी उपचार गर्न जाँदैनौँ । केही समयमै सन्चो हुन्छ अथवा केही दिनमा ठीक हुन्छ भन्दै हामी टाउको दुख्ने समस्यालाई उति ख्याल राख्दैनौँ । यदि टाउको दुख्ने समस्यालाई हामीले लगातार बेवास्ता गरेको खण्डमा अरू बढी समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।

टाउको बिना कारण दुख्दैन । यो बिभिन्न कारणले हुन सक्छ । त्यसैले टाउको दुख्न थाल्यो भने सकेसम्म चाँडै चिकित्सककोमा जानु पर्दछ । अन्यथा बिस्तारै टाउको दुख्ने समस्या बढ्दै गयो भने यो माइग्रेनको लक्षण पनि हुन सक्छ । त्यसैले तुरुन्त चिकित्सककहाँ पुगिहाल्नुपर्छ ।

टाउको दुख्दा घरमै गर्न मिल्ने केही उपचार
– कहिलेकाहीँ एकदमै टाउको दुख्यो भने खाली पेट भए तत्काल केही खानु पर्दछ । भोकले पनि टाउको दुख्ने गर्दछ ।

– टाउको दुख्नुमा अनिन्द्रा पनि हुन सक्छ, यसमा ध्यान दिने । यदि अनिन्द्रा हो भने सम्भव भएसम्म निदाउने प्रयाश गर्ने र निन्द्रा लागुन्जेल पर्याप्त सुत्ने ।

– शरीरमा भएका केही गडबढीले पनि टाउको दुख्न सक्छ, यस्तोमा केवल १ गिलास चिसो पानी पिएमा दुखाई केही कम हुन सक्छ ।

– अत्यधिक टाउको दुखेमा चिसो पानीले आफ्नो मुख र टाउको धुनु पर्दछ । तर, लगातार धुनु हुँदैन ।

– अत्यधिक टाउको दुखेको वेला बेलुकी दूध पिउने हो भने पनि टाउको दुख्न कम हुन्छ ।

– कहिलेकाहीँ आँखाको पावरमा उतारचढाव आउँदा पनि टाउको दुख्न सक्छ । त्यसका लागि आँखाको जाँच गर्न जरुरी छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ४२ बजे

भक्तपुरको बोडेमा सुर्खेतका दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला

भक्तपुर– भक्तपुरमा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्

टर्कीमा रुस-युक्रेन वार्ता : बन्दी रिहा गर्ने सहमति

इस्तानबुल – टर्कीको इस्तानबुलमा बुधबार भएको वार्ता पछि रुस र

एक वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१–०८२ मा हात्ती,

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट एक महिलाको

वीरगञ्ज नाकाबाट ६ खर्ब २५ अर्बको आयात, एक खर्ब एक अर्बको निर्यात

वीरगञ्ज– गत आर्थिक वर्ष (आव) वीरगञ्ज नाका हुँदै ६ खर्ब