कोरियन एम्बास्डर खुला पुम्से तेक्वान्दाेमा कमललाई स्वर्ण पदक | Khabarhub Khabarhub

कोरियन एम्बास्डर खुला पुम्से तेक्वान्दाेमा कमललाई स्वर्ण पदक


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

पुरुष १८–३५ वर्ष उमेर समूहमा नेपाल प्रहरीका कमलले ७.७३ अंक जोडे । ७.३९ अंकसाथ प्रहरीका प्रेमबहादुर लिम्बू तथा ७.३० अंकसाथ प्रहरीकै जितबहादुर बोट र ७.१० अंकसाथ नेपाल आर्मीका कृष्णबहादुर तामाङ तेस्रो भए । १३ औं सागमा प्रेम र जित काँस्य तथा कृष्ण रजत विजेता हुन् । यो स्पर्धामा १३ औं सागका काँस्यधारी शिशिर श्रेष्ठ र अश्विन रावतले पनि प्रतिस्पर्धा गरेका थिए ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष यू–११ मा एब्सुलुट डोजाङका सुभन गुरुङ पहिलो, एब्सुलुटका एरिक राणा दोस्रो तथा एब्सुलुटका अपिल गुरुङ र स्युचाटारका अनिश श्रेष्ठ तेस्रो बने । उक्त स्पर्धाको महिलामा एब्सुलुटकी गुनमाया गुरुङले स्वर्ण, जैसिदेवलकी मुबिक्क्षा गजुरेलले रजत तथा अल्फाकी एरिता पुन र गोदावरीकी सनन्दा घिमिरेले काँस्य जिते ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरेका थिए । उक्त अवसरमा राजदूत सुकले पदक विजेतालाई पुरस्कार स्वरुप प्रदान गरिने तेक्वान्दो सामाग्री तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणालाई हस्तान्तरण गरेका थिए ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनबाट सञ्चालित तीनदिने प्रतियोगितामा ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडी गरी जम्मा ५ सय ९३ खेलाडीको सहभागिता रहेको आयोजक तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक भानु चन्दले जनाएका छन् । प्रतियोगिताअन्तर्गत व्यक्तिगतको पुरुष÷महिलामा ६–६ गरी १२, पेयर र टिममा ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।

यसै प्रतियोगिताबाट दक्षिण कोरियाले आयोजना गर्ने कोरियन एम्बासडर भर्चुअल पुम्से विश्व च्याम्पियनसिपका लागि नेपालबाट सहभागी हुन १६ खेलाडीको छनोट गरिने छ । कोरियन एम्बासडर भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रमा पनि भइरहेको तेक्वान्दो संघले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ४ : ५४ बजे

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको