तालिबानबारे बोल्दा विवादमा तानिए नसीरुद्दीन « Khabarhub

तालिबानबारे बोल्दा विवादमा तानिए नसीरुद्दीन


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बीबीसी)– बलिउड अभिनेता नसीरुद्दीन शाहले तालिबानको विषयलाई लिएर बोल्दा विवादमा तानिएका छन् । सामाजिक सञ्जालमा कैयौंले उनको समर्थन र आलोचना गरेका छन् ।

एक भिडियोमा शाहले ती मुसलमानको निन्दा गरिरहेका छन्, जो तालिबानको विजयको खुशी मनाइरहेका छन् । उनले यो गलत नजिर बसाईरहेको उल्लेख गरेका छन् ।

उनले भारतीय इस्लामको तुलना विश्वको दोस्रो हिस्सामा रहेको इस्लामी परम्परासँग गरेका छन् । उनको यो भनाईले कैयौं मुसलमान दुःखी छन् र शाहले आफूहरुलाई गलत तरिकाबाट तुलना गरेको उनीहरुको आरोप छ । सत्तारुढ भारतीय जनता पाटी(बीजेपी)का कैयौं समर्थकले शाहको समर्थन गरेका छन् ।

उर्दू भाषामा बोल्दै ७१ वर्षका शाहले तालिबानको सफलताको विजय मनाइरहेका प्रश्न सोधेका छन् । ‘उनीहरुलाई परिवर्तन चाहिन्छ, आधुनिक इस्लाम चाहिन्छ या बितेका दशकको बर्बरतासँग बस्न चाहन्छन् । यो प्रश्न आफैंलाई सोध्नुपर्छ’ नसीरुद्दीनले भनेका छन् ।

तालिबानले सन् १९९६ र २००१को बीच अफगानिस्तानलाई नियन्त्रण गर्दै इस्लामी कानूनलाई अनिवार्य रुपमा लागु गराएको थियो । त्यो समयमा मानिसहरुलाई सार्वजनिक रुपमा फाँसी दिइयो र महिलाहरुलाई विद्यालय र काममा जान प्रतिबन्ध लगाइएको थियो ।

शाहले हिन्दुस्तानी या भारतीय इस्लाम जहिल्यै विश्वका अन्य इस्लामको तुलनामा अलग रहेको बताएका छन् । ‘भगवानले त्यो समय नल्याउन कि हामी परिवर्तन भएर यसलाई पहिचान गर्न नै बिर्सौ’, उनले भनेका छन् ।

पत्रकार सबा नकवीले अभिनेताको भनाईलाई एक फसाउने जालको प्रतिक्रिया दिएका छन् । अर्का पत्रकार र टिप्पणीकार आदित्य मेननले शाहको बयान ‘अनावश्यक’ र ‘दुर्भावनापूर्ण’ भनेका छन् ।

आलोचकले भारतको २० करोड मुसलमानको अवस्थालाई लिएर पटक पटक चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरुले सन् २०१४ देखि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका कारण मुसलमानको स्थिति खराब हुँदै गएको आरोप लगाएका छन् ।

यद्यपि बीजेपी सरकारका समर्थक, फिल्म निर्माता विवेक अग्निहोत्रीले ‘अमानवीय र बर्बर तालिबान’का विरुद्ध बोल्ने शाहको तारिफ गरेका छन् ।

सन् २००१ मा अमेरिकी सेनाले तालिबानलाई अफगानिस्तानबाट निकालेका थिए । तर यो वर्ष एक सम्झौतापछि अमेरिका र अन्य देशका सेनाले अफगानिस्तान छोड्ने निर्णय लिएका थिए । यसपछि अगष्ट १५ मा तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लियो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : १२ बजे

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको