मलेसियाको पेनाङ्गमा कन्सुलर सेवा सञ्चालन हुने « Khabarhub

मलेसियाको पेनाङ्गमा कन्सुलर सेवा सञ्चालन हुने


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाली कामदारको समस्यालाई मध्यनजर गर्दै मलेसियास्थित नेपाली दूतावासले त्यहाँको पेनाङ्ग राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने गर्ने भएको छ ।

दूतावासले मंगलबार एक सूचना जारी गर्दै मलेसियाका विभिन्न राज्यमा कार्यरत रहेका नेपालीहरुलाई दूतावासबाट प्रबाह गरिने सेवहरु सरल र सहज रुपमा उपलब्ध गराउने उदेश्यले कन्सुलर सेवा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

नोभेम्बर १४ तारिख आइतबारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म आईछोरा होटेल पेराई पेनाङमा कन्सुलर सेवा तथा अन्तर्क्रिया आयोजना हुने दूतावासले जारी गरेको विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

कन्सुलर सेवा मार्फत राहदानी नविकरण गर्न सकिने तथा आवश्यक परेका नेपालीलाई नेपाल फर्किनलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाउन सकिने लगायत अन्य सेवाहरु उपलब्ध हुने दूतावासले जनाएको छ ।

सेवा लिन आउदा दूतावासले उपलब्ध गराएको फारममा आफ्नो विवरण भरेर मात्र आउन अनुरोध गरेको छ । मलेसिया नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो । जहाँ करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : ३१ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै