एनआरएनए निर्वाचन तत्काल गर्न माग « Khabarhub

एनआरएनए निर्वाचन तत्काल गर्न माग


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको १०औं महाधिवेशन तथा निर्वाचनको बाटो खोल्न परराष्ट्र मन्त्रालयको ध्यानार्कण गराएका छन् । उनले बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेललाई लन्डनस्थित नेपाली दूतावासमा भेटेर संघको निर्वाचन गर्न आतुर रहेको जानकारी दिए ।

शर्माले संघको निर्वाचन रोकिँदा विश्वव्यापी रूपमा अन्योल कायम रहेको बताउँदै तत्काल निर्वाचनको वातावरण बनाउन आग्रह गरे । परराष्ट्र मन्त्रालयको ठाडो हस्तक्षेपपछि संघको १०औं महाधिवेशन रोकिएकाले शर्माले परराष्ट्र सचिवको ध्यानार्कषण गराएका हुन् ।

सचिव पौडेलले आफू कर्मचारी भएकाले आफ्नो दायराभित्र रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले संघको निर्वाचन र महाधिवेशनको लागि शुभकामना पिन दिए ।

गत महिनाका लागि तय भएको संघको निर्वाचन पुनः ३० नोभेम्वरमा गर्ने वातावरण बनाउन संघका अध्यक्ष कुमार पन्तलाई जिम्मेवारी दिइएको छ । संघभित्र प्रतिनिधि छनोटमा देखिएको विवाद मिलाउन अनौपाचारिक छलफल जारी रहेको संघले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ११ : ५५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल