कोप २६ मा मोदीले भने- भारतले २०७० सम्म ‘नेट जिरो’ लक्ष्य हासिल गर्नेछ « Khabarhub

कोप २६ मा मोदीले भने- भारतले २०७० सम्म ‘नेट जिरो’ लक्ष्य हासिल गर्नेछ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्दे मोदीले भारतले सन् २०७० सम्म नेट जिरो लक्ष्य हासिल गर्ने बताएका छन् ।

स्कटल्यान्डको ग्लासगोमा भएको जलवायु परिवर्ननसम्बन्धी शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०७० सम्म भारतले नेट जिरो लक्ष्य हासिल गर्ने बताएका हुन् ।

यसअघि नेट जिरोको विषयलाई सम्भव नदेखेको भए पनि प्रधानमन्त्री मोदीले नेट जिरो लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै भारतीय वातावरणविद्हरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले भारतले पहिलो पटक नेट जिरोको कुरा गरेको भन्दै खुसी व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री मोदीले भारतसँग यस चुनौतीको सामना गर्नका लागि पाँच अमृत तत्व राख्न चाहेको बताएका छन् ।

उनले पहिलो सन् २०३० सम्म जीवाश्मरहित उर्जा क्षमता बढाएर ५०० मेगावाट पुर्याउने, दोस्रो सन् २०३० सम्म ५० प्रतिशत उर्जा आवश्यकता नवीकरणीय उर्जा स्रोतबाट पूरा गर्ने, तेस्रो सन् २०३० सम्म कूल प्रोजेक्टेड कार्बन उत्सर्जन एक अरब टन कम गर्ने, चौथो सन् २०३० सम्म भारतले आफ्नो अर्थव्यवस्थालाई कार्बन इन्टेनसिटीको ४५ प्रतिशतभन्दा कम गर्ने र पाँचौं २०७० सम्म भारतले नेट जिरो लक्ष्य हासिल गर्ने बताएका छन् ।

विश्वको तेस्रो ठूलो कार्बन उत्सर्जन गर्ने मुलुक भारतले गरेको उक्त प्रतिबद्धतालाई ठूलो उपलब्धीको रुपमा हेरिएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  २ : ४६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब