यसकारण राजेश हमालले गाउन छोडे « Khabarhub

यसकारण राजेश हमालले गाउन छोडे


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली फिल्ममा ३० वर्ष बढी बिताइसकेका अभिनेता राजेश हमाल अभिनयमा पोख्त छन् भनेर भनिरहनु नपर्ला । झण्डै तीन सयको हाराहारीमा फिल्ममा अभिनय गरिसकेका अभिनेता हमाल विद्यालयमा पढ्दा गीत पनि गाउँथे । उनकै भनाईमा कक्षा ६ सम्म पढ्दाताका उनी विद्यालयमा गीत गाउँथे ।

‘विद्यालयमा संगीतको कक्षा हुँदा म अगाडिको सिटमा बस्थें । त्यो बेला सर, मिसहरुले मलाई गीत गाउनका लागि भन्नुहुन्थ्यो र म गीत गाउँथे’ हमालले गाएको गीत ‘मन बुढो भएन’को सार्वजनिकीकरण कार्यक्रममा हमालले भने,‘मैले कक्षा ५, ६ मा पढ्दा राम्रै गीत गाउँथे । तर त्यसपछि के कारणले हो गीत गाउनै सकिएन ।’

हमालको बुझाईमा उमेर बढ्दै गएपछि स्वरमा भएको परिवर्तनले उनलाई गीत गाउन समस्या भयो । ‘मलाई लाग्छ, उमेर बढ्दै गएपछि मेरो स्वर पनि छिप्पिदै गयो । जसकारण गीत गाउन केही समस्या भयो’, उनले भने ।

अभिनेता हमालले ‘मन बुढो भएन’ गीत अघि फिल्म ‘हामी तीन भाई’मा सुरुवाती गीत गाएका थिए । त्यसपछि उनले राजेशपायल राईको एक गीतमा स्वर पनि दिएका थिए ।

अभिनेता हमालले स्टुडियोमा गएर गीत गाउदा कस्तो हुँदो रहेछ भन्ने अनुभव जान्नका लागि पनि आफूले ‘मन बुढो भएन’ गीत गाएको खुलाए । ‘यो गीत स्वरमा मेरो पहिलो प्रयास हो । घरमा निकै अभ्यास गरेपछि गीत गाउन सकें’, हमालले भने ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : ०४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको