राप्रपा महाधिवेशन : मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा « Khabarhub

राप्रपा महाधिवेशन : मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको विवाद टुंग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएको छ। मनोनयनको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने उनले बताए ।

महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उपाध्यक्षका उम्मेदवार विक्रम पाण्डेको नाम दुबै प्यानलमा छ ।

थापाको प्यानलबाट उपाध्यक्षमा वुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लडदैछन् ।

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्नेछन् ।

अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मेसिनमा उम्मेवारको नाम सेटिङ गर्न कम्तीमा २० घण्टा समय लाग्ने प्राविधिकले बताएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु