बुटवल-नारायणगढ सडक तीन वर्षको प्रगति ११ प्रतिशत ! « Khabarhub

बुटवल-नारायणगढ सडक तीन वर्षको प्रगति ११ प्रतिशत !


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– निर्माणाधीन बुटवल-नारायणगढ सडक तोकिएको समयमा पूरा नहुने भएको छ । सडक निर्माण सुरू भएको तीन वर्षमा ११ प्रतिशत मात्र प्रगति भएको छ । जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो ।

समयमा पूरा नभएपछि निर्माण कम्पनीले म्याद थपको गृहकार्य थालेको छ । १७ अर्ब रुपैयाँको लागतमा बन्ने यो सडकका लागि एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलव्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।

निर्माण सुरू भएपछि अनेकौं समस्या झल्नुपरेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न आयोजनासँग माग गरेको छ ।

आयोजनालाई पठाएको निवेदनमा निर्माण कम्पनीले सडक निर्माण सुरू भएपछि कोरोना कहर निम्तिएको, लगातारको वर्षातले गर्दा साईट क्लियरमा ढिलाई भएको, कामको लोड पनि थपिएको र जसले गर्दा निर्माण कार्य प्रभावित भएको उल्लेख गरेको छ । सडक आयोजनासँग निर्माण कम्पनीय दुईवर्ष म्याद थप गर्न माग गर्दै पत्र पठाएको हो ।

सडक निर्माण दुई प्याकेजमा अगाडि बढाइएको छ भने दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले लिएको छ । नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर बन्ने छ ।

दाउन्ने पश्चिमको सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म यो सडक खण्डमा ११ प्रतिशत मात्रै काम भएको जानकारी दिए ।

‘कोभिडका कारण सुस्त भएको काम केही समययता भने नियमित भैरहेको छ’, उनले भने । इन्जिनियर शाक्यका अनुसार अहिले करिब पाँचसय जना कामदारले साइट क्लियरको काम गरिरहेका छन् ।

२०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २२ साउन २०८० सम्म निर्माण सक्नुपर्ने उल्लेख छ । तर, निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको इन्जिनियर शाक्यले बताए । म्याद थपको माग निर्माण कम्पनीले गरेपछि आयोजनाले सडकको अवस्थाबारे बुझ्न विज्ञहरूको टोली खटाएको छ ।

कोरोना कहरका कारण निम्तिएको लकडाउन र त्यसअघि रुख कटानको स्वीकृती र विद्युतका पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो । तर, अहिले भने यी सबै काम नियमित रुपमा अगाडि बढेको इन्जिनियर शाक्यले बताए ।

विद्युत प्राधिकरणले पोल नसारिदिएपछि निर्माण कम्पनी आफैले पोल सारिरहेको छ । दाउन्ने लगायतका केही स्थानमा रुख कटानको काम पनि भइरहेको छ । सडक आयोजना खण्ड ‘क’ का प्रमुख रमेश दृष्टिले निर्माण कार्य जारी रहेको बताए । ‘तर अहिलेसम्मको प्रगति भने सन्तोषजनक छैन’, उनले भने ।

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्ने गरी यो सडक बिस्तारको काम सुरू भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले ८ चैत २०७५ बुटवलको राजमार्ग चौराहामा सडक बिस्तारको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १२ : २२ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको