हलेसीमा कोभिडपछिको ठूलो मेला, आज सार्वजनिक बिदा | Khabarhub Khabarhub

हलेसीमा कोभिडपछिको ठूलो मेला, आज सार्वजनिक बिदा


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको त्रि-धार्मिक स्थल हलेसीमा दुई वर्षपछि बालाचतुर्दशी मेला लागेको छ ।

कोभिड-१९ को महामारीका कारण गत वर्ष स्थगित गरिएको बालाचतुर्दशी मेला यस पटक लागेको हो । हलेसीमा कोभिड सुरू भए यताकै ठूलो मेला लागेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।

बालाचतुर्दर्शीको अवसरमा हलेसीमा बिहीबार नै ठूलो मेला सुरू भएको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा शतबिज छर्नका लागि दर्शनार्थीको बाक्लो भिड लागेको थियो । मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुइँचो लागेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

हलेसीमा बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । कोभिडका कारण ८ चैत २०७७ देखि १६ मंसिर २०७७ तथा चालु आर्थिक वर्षको १५ वैसाखदेखि २७ भदौसम्म हलेसी बन्द गरिएको थियो ।

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराँती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङस्थल रहेको लगायतका आधारमा हलेसीलाई त्रि-धार्मिकस्थल मान्ने गरिएको छ ।

मेलाका लागि सार्वजनिक बिदा

बालाचतुर्दशी मेलाको अवशरमा हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा पर्ने हलेसीमा लाग्ने मेलालाई लक्षित गर्दै नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलाई थप बृहत बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ ।

यस्तै, बालाचतुर्दशी मेलाकै अवसरमा रावाबेँसी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरको जुडी महादेवस्थान मन्दिरमा लाग्ने मेलालाई लक्षित गर्दै गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको हो ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १ : १५ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका