राप्रपा महाधिवेशन : लिङदेन समूहबाट भोट माग्न थाले विक्रम पाण्डे (भिडियो) « Khabarhub

राप्रपा महाधिवेशन : लिङदेन समूहबाट भोट माग्न थाले विक्रम पाण्डे (भिडियो)


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको एकता महाधिवेशन गत बुधबारबाट काठमाडौँमा जारी छ । शुक्रबार मनोनयन दर्ता गरिएको छ । कमल थापा र राजेन्द्र लिङ्देन समूह नेतृत्वको प्रतिस्पर्धामा छ । दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन् ।

पाण्डे आफ्नो समूहमा रहेको दुवै समूहले दाबी गर्दै आइरहेका बेला उनी लिङ्देन समूहमा खुलेका हुन् ।

थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की, महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

थापा प्यानलबाट उपाध्यक्षमा मनोनयन दर्ता गरिएका पाण्डेको लिङ्देन समूहबाट पनि वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता भएको थियो । थापा समूहमा नगई पाण्डे अहिलले लिङ्देन समूहबाट भोग माग्न थालेका छन् । योसँगै पाण्डे लिङ्देन समूहमा रहेका स्पष्ट भएको छ ।

लिङ्देन समूहबाट उपाध्यक्षमा पाण्डेसहित दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा। धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ । अध्यक्ष पदको मतपत्र र बाँकीको भोटिङ मेसिनबाट मतदान गरिनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ०७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव

प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले

जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक