सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक « Khabarhub

सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशी खेलाडी अजयी मार्टिन्सको ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको हो ।

सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक गोल गरे ।

सातदोवाटोका लागि ४२औं मिनेटमा मार्टिन्सले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मार्टिन्सले सातदोबाटोको अग्रता दोब्बर बनाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा २–० को नतिजामा पछाडि परेको एपीएफका लागि ४९औं मिनेटमा विक्की तामाङले पहिलो गोल गरे । त्यसको एक मिनेट नबित्दै सुशील राईले सातदोबाटोका लागि तेस्रो गोल गरे ।

खेलको ५८ मिनेटमा मार्टिनले ह्याट्रिक पूरा गरे । जारी शीर्ष डिभिजन लिगमा यो पहिलो ह्याट्रिक हो । उनी नै खेलको म्यान अफ दि म्याच भए ।

जितसँगै सातदोबाटो ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा छ । यता लगातार तेस्रो हारसँगै एपीएफ पुछार अर्थात् रेलिगेसन जोनमा छ । शनिबार लिगमा दुई खेल हुनेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ०४ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका