चिसोबाट जोगिन मदिरा सेवन गर्दै हुनुहुन्छ भने होसीयार ! « Khabarhub

चिसोबाट जोगिन मदिरा सेवन गर्दै हुनुहुन्छ भने होसीयार !


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अहिले जाडोको मौसम चलिरहेको छ । यो समयमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । यति तपाईं जाडो भगाउने बहानामा मदिरा सेवन गर्दै हुनुहुन्छ भने विचार गर्नुस् है । शरीर न्यानो बनाउने भन्दै मद्यपान गर्नुलाई निकै जोखिम हुने चिकित्सकहरू बताउँछन् ।

धुमपान र मद्यपान गर्दा न्यानोको अनुभूति भएपनि त्यो भ्रम मात्र भएको चिकित्सक बताउँछन् । त्यतिमात्रै होईन चिकित्सकले खुलाएका छन्, ‘मद्यपानका कारण शरीर चिसोचाहिँ हुन्छ, तातो होइन । यो भ्रम हो । त्यसैले यो मौसममा मद्यपान गरेर सुतेकाहरुको राति नै मृत्यु समेत भएका घटनाहरु समेत हामीले देखेका छौँ ।

चिकित्सकहरु भन्छन्, ‘यस्तो समयमा मद्यपान गरेर चिसो बाहिर धेरै हिँड्नाले शरीर चिसिने समस्या हाइपोथर्मिया हुनसक्छ । त्यसैले यो विषयमा सावधान हुनुपर्छ ।’

जाडो मौसममा स्वस्थ्य व्यक्तिको शरीरको तापक्रम ३४ र ३५ डिग्री सेल्सियस अर्थात ९९.५ डिग्री फरेनहाइटभन्दा भन्दा तल झरेको अवस्थालाई हाइपोथर्मिया अर्थात् शरीर चिसिने समस्यालाई नै शीताङ्ग भनिन्छ । यस्तो समयमा शरीरका हातखुट्टा मात्रै चिसो नभई श्वासप्रश्वासमा समेत समस्या देखिन्छ । त्यस्तै मुटुको चाल बढ्न गई रक्तचाप अनियन्त्रित हुने गर्दछ । जसबाट व्यक्तिको मृत्युसमेत हुन सक्छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ९ : ५९ बजे

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण