फिलिपिन्समा फेरि बढाइयो लकडाउन « Khabarhub

फिलिपिन्समा फेरि बढाइयो लकडाउन


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिलिपिन्समा लकडाउनको अवधि फेरि थप गरिएको छ ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले अझ कडा लकडाउन थप गर्ने निर्णय गरेका हुन् ।

राजधानी मनिला महानगरपालिका र छिमेकी क्षेत्रमा लकडाउन थप गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कोरोनभाइरसको महामारी थप फैलिदै गएकाले त्यसलाई न्युनिकरण गर्ने उद्देश्यले लकडाउनको अवधि फेरि थप्नु परेको सरकारी अधिकारीहरुको भनाइ छ ।

राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले शनिबार टेलिभिजन मार्फत दिएको जानकारी अनुसार सरोकारवाला र विज्ञहरुले लकडाउन फेरि थप्न आवश्यक भएको निश्कर्ष निकाल्दै लकडाउनको अवधि थप्न सुझाव दिदै सिफारिस गरेकोले थप गरिएको हो ।

देशको लागुना, बुलाकान, काभित र रिजाल क्षेत्रमा लकडाउनको अवधि लम्बिएको पनि उनले जानकारी दिए । एक हप्ते लकडाउन आज आइतबार सकिँदै छ ।

दक्षिण एसियाली मुलुक फिलिपिन्समा शनिबार मात्रै १२ हजार ५७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ ।

यसअघि गत शुक्रबार एकैदिनमा १५ हजार ३१० जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या दैनिक सङ्क्रमितहरुको संख्यामा दोस्रो धेरै भएको जनाइएको छ ।

फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ८४ हजार ४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४२३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : ०२ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६