एक किसानले इनार खन्न शुरु गर्यो । दश हातजति खन्दा पनि पानी ननिस्केपछि निराश भएर फेरि अर्को ठाउँमा खन्न शुरु गर्यो । त्यहाँ पनि दश हातजति खन्दा पानी ननिस्केपछि फेरि अर्को ठाउँमा खन्न शुरु गर्यो । यसरी पाँच–सात ठाउँमा खन्यो । तर कतैबाट पनि पानी निस्कने । ऊ एकदमै निराश मन लिएर घर फर्क्यो ।
अर्को दिन उसले आफ्ना सबै कुरा धर्मगुरुलाई सुनायो । धर्मगुरुलले उलाई सम्झाउँदै भने— तिमीले पाँच ठाउँमा दशदश हात खनेर पचास हात जमिन खन्यौ । यदि तिमीले अलगअलग ठाउँमा नखने एकै ठाउँमा खनेको भए पानी अवश्य आउँथ्यो । एकाग्रताका साथ एकै ठाउँमा खन र जबसम्म पानी आउँदैन खन्न नछोड । तिमी अवश्य सफल हुनेछौ ।
किसानले दृढ निश्चयका साथ एक पटक पेरि खन्न सुरु गर्यो । लगभग बीस हात खनेपछि पानी भेटायो ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया