आमा बन्न किन डराइन् भारती ? « Khabarhub

आमा बन्न किन डराइन् भारती ?


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय टेलिभिजन शो ‘डान्स दिवाने’को चर्चा पछिल्लो दिनमा निकै बढेको छ । शोमा सोनू सूदले प्रवेश गरिसकेका छन् । यो शो निकै इमोसनल पनि बनेको छ ।

आजतकमा प्रकाशित समाचारअनुसार आम दर्शकलाई हसाउने भारती सिंह यो शोको होस्ट छिन् । उनले आफ्नो आँशुलाई हालैको एक भागमा थाम्न सकिनन् । उनी भावुक हुँदै आफ्नो परिवार योजनाको बारेमा पनि कुरा गरेकी थिइन् ।

शोमा एक प्रतियोगीले कोभिड १९ का कारण ज्यान गुमाएका एक १४ दिनको बच्चाको अभिनय गर्छन् । यो अभिनय एक सत्यकथाबाट प्रभावित भएर बनाइएको थियो । जुन हेर्दा जोकोही दर्शक भावुक बनेका थिए ।

‘हामी बेबी प्लानको सोच बनाइरहेका छौं । तर यस्तो महामारीलाई म यसरी बच्चा गुमाएपछि रुन चाहन्नँ,’ उनले भनेकी छन् ।

त्यसो त यसअघि पनि भारतीले सन्तानको योजनाका विषयमा बताइसकेकी थिइन् । ‘म आमा बन्न चाहन्छु । मैले र हर्षले २०२० मै सन्तान योजनाको सोच बनाएका थियौं । तर कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै मैले कुनै मौका लिन चाहिनँ’, उनले भनेकी छन् ।

उनले यस्तो तनावपूर्ण अवस्थामा बच्चाको योजना बनाउन नसक्ने बताएकी छन् । ‘म चाहन्छु कि बच्चा स्वस्थ वातावरणमा हुर्कियोस्, बढोस् । अहिले त गर्भवती भएपछि अस्पताल जान नै जोखिम छ । हामी एक वर्ष अरु प्रतिक्षा गर्छौ’, उनले भनेकी छन् ।

भारती र उनका पति हर्षले सन् २०१७ डिसेम्बर ३ मा विवाह गरेका थिए । उनीहरुले गोवामा पाँच दिने वैवाहिक कार्यक्रममा विवाह गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  २ : १० बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्