उपत्यकामा आइसोलेशन बेड कहाँ खाली छन् ? हटलाइनमार्फत जानकारी लिन सकिने | Khabarhub Khabarhub

उपत्यकामा आइसोलेशन बेड कहाँ खाली छन् ? हटलाइनमार्फत जानकारी लिन सकिने


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमित भएर आइसोलेशनको खोजीमा हुनुहुन्छ ? अथवा काठमाडौँ महानगरपालिकाभित्र कुन आइसोलेशन सेन्टरमा कति बेड खाली छन् त ?

यो जानकारी हटलाइन ११८० बाट थाहा पाउन सकिन्छ । १४ वटा आइसोलेशन सेन्टरमा २५ एचडीयु, २८६ अक्सिजनसहितका बेड २६३, र साधारण ५७४ आइसोलेशन बेडका बारेमा महानगरले दैनिक विवरण अद्यावधिक गर्ने गरेको छ । यी विवरणका आधारमा हटलाइनबाट सूचना दिने प्रबन्ध मिलाइएको महानगरले जनाएको छ ।

महानगरमा सूचना दिने आइसोलेशन सेन्टरहरूमा शारदा सेकेण्डरी स्कूल, तिलगंगा, रत्न राज्य स्कूल, बानेश्वर, जैन भवन र अग्रवाल भवन कमलपोखरी, राधास्वामी आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर, निःशुल्क कोभिड आइसोलेशन, गौशाला, क्याम्पेन कलेज, गहना पोखरी, वडा नं. ३० स्थित आइसोलेशन सेन्टर, बुद्धमाई हस्पिटल, टेकु कोभिड आइसोलेशन सेन्टर, गोर्खा अस्पताल, आनन्दकुटी विद्यापीठ, स्वयम्भू, शान्ति निकुञ्ज, भीमसेनस्थान, नरदेवी आयुर्वेदिक अस्पताल, नरदेवी टेवहाल, संकटा छन् ।

यीमध्ये राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर र नरदेवी आयुर्वेदिक अस्पतालका आइसोलेशन महानगरको सहयोगमा सञ्चालन भएका हुन् । यी आइसोलेशनका अतिरिक्त महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विशेष कोभिड अस्पतालका रुपमा सञ्चालन गरेको छ ।

अन्य सेन्टरहरू महानगरसँगै संघीय संसद, प्रदेशसभा सदस्य तथा सहयोगी र दाताहरूको सहयोगबाट वडाहरूले संयुक्त तथा एकल व्यवस्थापनमा सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  २ : २३ बजे

यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन

भद्रपुर– यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा

हायु परिवारका सबैको मोबाइल स्विच अफ, वडाध्यक्ष भन्छन्- घटना रहस्यमय छ

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु

व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

काठमाडौं– व्यापक साइबर आक्रमण भएपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

सभापति देउवाद्वारा थानीको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

मनसुनमा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

गण्डकी– अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक