उपत्यकामा आइसोलेशन बेड कहाँ खाली छन् ? हटलाइनमार्फत जानकारी लिन सकिने « Khabarhub

उपत्यकामा आइसोलेशन बेड कहाँ खाली छन् ? हटलाइनमार्फत जानकारी लिन सकिने


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमित भएर आइसोलेशनको खोजीमा हुनुहुन्छ ? अथवा काठमाडौँ महानगरपालिकाभित्र कुन आइसोलेशन सेन्टरमा कति बेड खाली छन् त ?

यो जानकारी हटलाइन ११८० बाट थाहा पाउन सकिन्छ । १४ वटा आइसोलेशन सेन्टरमा २५ एचडीयु, २८६ अक्सिजनसहितका बेड २६३, र साधारण ५७४ आइसोलेशन बेडका बारेमा महानगरले दैनिक विवरण अद्यावधिक गर्ने गरेको छ । यी विवरणका आधारमा हटलाइनबाट सूचना दिने प्रबन्ध मिलाइएको महानगरले जनाएको छ ।

महानगरमा सूचना दिने आइसोलेशन सेन्टरहरूमा शारदा सेकेण्डरी स्कूल, तिलगंगा, रत्न राज्य स्कूल, बानेश्वर, जैन भवन र अग्रवाल भवन कमलपोखरी, राधास्वामी आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर, निःशुल्क कोभिड आइसोलेशन, गौशाला, क्याम्पेन कलेज, गहना पोखरी, वडा नं. ३० स्थित आइसोलेशन सेन्टर, बुद्धमाई हस्पिटल, टेकु कोभिड आइसोलेशन सेन्टर, गोर्खा अस्पताल, आनन्दकुटी विद्यापीठ, स्वयम्भू, शान्ति निकुञ्ज, भीमसेनस्थान, नरदेवी आयुर्वेदिक अस्पताल, नरदेवी टेवहाल, संकटा छन् ।

यीमध्ये राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर र नरदेवी आयुर्वेदिक अस्पतालका आइसोलेशन महानगरको सहयोगमा सञ्चालन भएका हुन् । यी आइसोलेशनका अतिरिक्त महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विशेष कोभिड अस्पतालका रुपमा सञ्चालन गरेको छ ।

अन्य सेन्टरहरू महानगरसँगै संघीय संसद, प्रदेशसभा सदस्य तथा सहयोगी र दाताहरूको सहयोगबाट वडाहरूले संयुक्त तथा एकल व्यवस्थापनमा सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  २ : २३ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा