आफ्नै विवाहमा बेहोस भएका थिए ऋषि « Khabarhub

आफ्नै विवाहमा बेहोस भएका थिए ऋषि


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता ऋषि कपुरको आज ६६ औं जन्मजयन्ती हो । उनी उनको जन्म सन् १९५२ सेप्टेम्बर ४ मा मुम्बईमा भएको थियो । उनलाई प्रेमले सबैले ‘चिन्टु’ भनेर बोलाउथे । उनले आफ्नो फिल्मी करियरको सुरुवात १८ वर्षको उमेरमा बाल कलाकारको रुपमा गरेका थिए ।

ऋषिले अभिनेत्री नीतू सिंहसँग विवाह गरेका हुन् । उनीहरुको निकटता सन् १९७४ मा फिल्म ‘जहरीला इन्सान’को सेटमा भएको भेटपछि बढेको हो । ऋषि नीतूलाई निकै तनाव दिने गर्दथे । यहीकारण सुटिङ सेटमा उनीहरुको कैयौंपटक झगडा परेको थियो । तर केही समयमा यो झगडा प्रेममा परिवर्तन भयो ।

निर्माता तथा निर्देशक यश चोपडाले फिल्म ‘कभी–कभी’मा ऋषिको अपोजिटमा नीतूलाई कास्ट गरेका थिए । यही फिल्मपछि उनीहरुको अफेयर सुरु भएको थियो ।

दुवैको प्रेमको चर्चा कपूर खानदानसम्म पुगेको थियो । राज कपूरले पनि ऋषिलाई विवाह गर्ने हो भने नीतूसँग गर्नु भनेर स्वीकृति दिएका थिए । दुवैको विवाहको दिन एक रोचक किस्सा भएको थियो ।

विवाहको दिन नीतूले लगाएको लेहंगा यति ठूलो थियो कि त्यसलाई सम्हाल्न नसकेर उनी बेहोस् नै भएकी थिइन् । नीतू बेहोस् भएपछि उनलाई हेर्न वरपरका मानिसको भीड लागेपछि त्यो भीड देखेर ऋषि पनि बेहोस भए । उनी घोडा चढ्नुअघि लड्न खोजिरहेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ११ : ५२ बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०