बीआरईमा चीनले अफगानिस्तानलाई पनि समेट्ने « Khabarhub

बीआरईमा चीनले अफगानिस्तानलाई पनि समेट्ने


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अफगानििस्तानको सत्तामा तालिबानकाृ कब्जापछि वैश्विकस्तरमा पनि विभिन्न किसिमका परिवर्तनहरु स्पष्ट रुपमा देखिन थालेका छन् । अफगानिस्तानमा तालिबानको कब्जाले चीनको भूमिका निकै महत्वपूर्ण बनेको छ ।

चीन, रूस र पाकिस्तान ती केही देशहरु हुन् जसले तालिबानको कब्जापछि पनि काबुलमा राजदूतावास खुला राखेका छन् । अफगानिस्तानस्थित चिनियाँ राजदूत वांग युले हालै तालिबान अधिकारीहरुसँग कूटनीतिक वार्ता पनि गरेका थिए ।

अफगानिस्तानमा तालिबानको कब्जा भएको केही दिनपछि चीनले सार्वजनिक रुपमै तालिबानसँग मित्रतापूर्ण सम्बन्ध विकास गर्न चाहेको बताएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले शुक्रवार दैनिक प्रेस सम्मेलनमा अफगानिस्तानसँग सम्बन्धित प्रश्नको जवाफ दिए ।

रूसको समाचार एजेन्सी स्पूतनिकले अलजजीराको हवाला दिँदै सोधेको थियो, ‘तालिबानले ने पंजशीर प्रान्तमा आक्रमण गर्ने निर्णय लिएको छ । त्यसमा चीनको के टिप्पणी छ ? र यसको अफगानिस्तानको अवस्थामा के प्रभाव पर्छ ?’ र भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा अफगानिस्तानबारे देशहरुबीच छलफल हुन्छ ? भन्ने प्रश्न पनि गरिएको थियो ।

यसको जवाफ दिँदै वांग वेनबिनले चीनले अफगानिस्तानका सबै पक्ष अफगानीहरुको अपेक्षा अनुसार र अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुसार पररामर्श गरेर मतभेद हटाउने विश्वास गरेको बताए । उनले स्थिर अफगानिस्तानको सुनिश्चितता हुने पर्ने भन्दै युद्धको मार झेलेको यो मुलुकमा छिटोभन्दा छिटो शान्ति कायम हुनुपर्ने बताए ।

ब्रिक्स सम्मेलनबारे उनले ब्रिक्स विकसित भइरहेको बजार र प्रमुख विकासशील देशहरुको का एक महत्वपूर्ण सहयोग मञ्च भएको भन्दै ब्रिक्स देशहरुले हालै राष्ट्रिय सुरक्षा सल्लाहाकारको ब्रिक्स बैठकमा अफगानिस्तानबारे कुरा गरेको बताए ।

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)मा अफगानिस्तानको सहयोगबारे सोधिएको प्रश्नमा उनले अफगानिस्तान परम्परागत रुपमै चनीको असल छिमेकी भएको उल्लेख गर्दै बीआरआईमा सहयोग हुने बताए । उनले बीआरआई अनुसार चीन– अफगानिस्तान सहयोगले मानिसहरुलाई फाइदा भएकोसमेत बताए । उनले तालिबानले विदेशी लगानीकर्ताकाहरुक लागि राम्रो वातावरण बनाउने प्रतिवद्धता गरेकोसमेत बताए । (बीबीसी)

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  २ : ३० बजे

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो

स्थानीय तहले फेरि एकपटक भूउपयोग परिवर्तन सक्ने

काठमाडौं – भूउपयोगको वर्गीकरण गरिसकेका स्थानीय तहले पनि फेरि एकपटक