उपेन्द्र यादवले मधेसमा जातीय विषको विजारोपण गरेको महतोको आरोप « Khabarhub

उपेन्द्र यादवले मधेसमा जातीय विषको विजारोपण गरेको महतोको आरोप


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन् । उनले अहिले केही व्यक्तिलाई फाइदा भए पनि आउने दिनमा मधेसलाई गम्भीर क्षति हुने चेतावनी दिए ।

जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले आफूलाई मधेसमा एउटा वैकल्पिक शक्ति निर्माणको लागि अग्रसर भइरहेको अवस्थामा उपेन्द्रसँग पार्टी एकता गरे पनि उनले धोका दिएको आरोप लगाए । उनले भने, ‘हामी मधेसी एकतावाद जिन्दावादको नारा लगाउँदै थियो, उपेन्द्रसँग एकता गरियो । तर उनले एकतालाई गलत रुपमा बुझे । जसकारणले एकता टिकेन ।’

महतोले मधेसको जनतालाई अब मुर्ख बनाउन नसकिने भन्दै सारा परिस्थितिको विषयमा जनता जानकार रहेको कारणले आउने दिनमा सबै परिस्थितिलाई लिएर जनताको बिचमा जाने बताए । उनले केही व्यक्तिलाई लोभ दिएर आफूतर्फ ताने पनि केही दिनमा उनीहरुको भ्रम निवारण भएर पछुतो मात्रै गरिने ठाउँ रहेको बताए ।

तपाईहरुको धेरै कार्यकर्ताहरु उपेन्द्र यादवतिर गएको प्रश्नमा महतो आफूहरु पार्टी बनाउन खोजेको कारणले उनीहरुको स्वार्थलाई पूर्ति गर्न नसक्दा उता गए पनि आउने दिनमा उपेन्द्रको साथ छाड्ने दाबी गरे । महतोले उपेन्द्र यादव अहिले पनि कम्युनिस्ट मानसिकताबाट माथि उठ्न नसकेको बताउँदै उपेन्द्र पक्षले देखावटी रुपमा मधेसको कुरा गरेपनि वास्तविकरुपमा मधेस पक्षधर नरहेको अरोप लगाए ।

महतोले पार्टी निर्माणको क्रममा आफूहरु निस्वार्थभावले लागे पनि त्यसलाई उपेन्द्र यादवले दुरुपयोग गरेको र आफ्नो पार्टीलाई फुटबाट जोगाउनको निमित्त प्रयोग गरेको आरोप लगाए ।

महतोले वर्तमान सरकारलाई माग मुद्दाको आधारमा समर्थन गरिएको र प्रतिबद्धताअनुसार मधेसको मुद्दा सम्बोधन नगरे देउवा सरकारविरुद्ध सडकमा उत्रिने चेतावनी दिए ।

वर्तमान सरकारको व्यवहारअनुसार लोसपाले सरकारको विरोध र आलोचना गर्ने महतोको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ८ : ०५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन