पाला बनाउने पेसा संकटमा : बजार छ, माटो छैन « Khabarhub

पाला बनाउने पेसा संकटमा : बजार छ, माटो छैन


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- घरजस्तै देखिने सानो छाप्रो । छाप्रो पोलिएका पाला अर्थात् माटोको दियो । त्यही पालालाई साबेल र हातबाटै निकाल्दै छिन् सीतालक्ष्मी प्रजापती । उमेर चार दशक नाघेकी प्रजापतीलाई हरेक वर्षको तिहारमा पाला बनाउन भ्याइनभ्याइ हुन्छ ।

अरु समयको तुलनामा तिहारमा पालाको माग धेरै हुने भएकोले उनीसँगै उनका श्रीमान् रत्नसुन्दर प्रजापती पनि सोही काममा व्यस्त हुन्छन् । छोरा रुकेश पनि फुर्सद पाउने बित्तिकै बाआमासँगै काम गर्न पुगिहाल्छन् ।

विगतको वर्षको तुलनामा यसवर्षको तिहारमा पालाको माग धेरै भएकोले केही व्यस्त भएको प्रजापती दम्पत्ती बताउँछन् । ‘यो वर्ष पालाको माग धेरै छ । तर, थोरै मात्र बनाएका छौँ’, सीतालक्ष्मी प्रजापतीले भनिन्, ‘दशैँ अगाडि नै माग आउँछ । अनि पाला बनाउने काम सुरु गछौँ । तर, यो वर्ष कोरोनाभाइरसबाट थलिएकाले धेरै पाला बनाउन सकेका छैनौँ ।’

प्रजापति दम्पत्तीले पुर्ख्यौली पेसाको रूपमा माटाका भाँडा बनाउँदै आएका छन् । तिहारमा पालासँगै अरु समय अन्य भाँडा पनि बनाउने उनीहरू बताउँछन् ।

प्लाष्टिकको भाँडाको कारण अन्य माटाका भाँडाको प्रयोगमा कमी हुँदै गए पनि पालामा कुनै समस्या नभएको उनीहरू बताउँछन् ।

‘तिहारमा पाला पहिलेदेखि आजसम्म पनि अनिवार्य जस्तै हो । सबैले लक्ष्मी पूजाको लागि झ्याल, दैलो, ढोकामा पालामा तेल हालेर बत्ती बाल्ने गर्दछन्,’ उनले भनिन्, ‘अरु समय सामानको खासै अर्डर नआए पनि तिहारमा पालाको अर्डर आउने गर्दछ ।’

पछिल्लो वर्ष कोरोनाभाइरसका कारण माग धेरै नआएको, तर यसवर्ष सामान्य अवस्था रहेकाले पालाको माग धेरै आएको रत्नसुन्दर प्रजापतीले बताए । उनले विगतको वर्ष धेरै बनाउन सकेमा पनि बिक्री गर्न समस्या हुने भए पनि यसवर्ष मागअनुसार पाला बनाउन नसकेको बताए ।

बजारमा विद्युतीय बत्ती बाल्ने प्रचलन बढे पनि त्यसले पालामा कुनै असर नपरेको प्रजापतीले बताए । उनका अनुसार तिहारमा पाला बेचेरै मनग्य आम्दानी गर्न सकिन्छ ।

तर, स्थानीय सरकारले पाला वा माटाको भाँडाको उचित मूल्य निर्धारण नगरेकोले श्रमको मूल्य उठाउन समस्या रहेको उनले बताए । ‘हामीलाई १०० पालाको १३० रुपैयाँ आउँछ । तर, त्यो बजारमा पुग्दा दुईदेखि साढे दुई सयमा बिक्री हुन्छ,’ उनले थपे, ‘बजारमा गएर बेच्ने समय पनि हुन्न । त्यसैले मारमा हामी पर्छौँ ।’

पछिल्लो समय पालालगायत माटोको भाँडा बनाउन माटोको अभाव भएकाले पेसा नै संकटमा परेको उनले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ३ : ०७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक