बादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएकै हो : प्रचण्ड (भिडियो) « Khabarhub

बादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएकै हो : प्रचण्ड (भिडियो)


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिक्रान्तिहरू माओवादी आन्दोलन कमजोर बनाउन षड्यन्त्रमा रहेको बताएका छन् ।

‘माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व कमजोर बनाउन षड्यन्त्र भइरहेको छ,’ नेपाल संवत् ११४२ अवसरमा बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘समाजवादी क्रान्तिलाई नयाँ उचाइँमा पर्‍याउने सपनामाथि षड्यन्त्र भइरहेको छ ।’

प्रचण्डले बादशाहलाई घोडाबाट झारेजस्तो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको बताए । ‘कम्युनिष्टलाई एउटै थलोमा ल्याउन पार्टी एकता गर्‍यौँ । तर, पार्टीभित्रैबाट,अध्यक्ष एवं प्रधानमन्त्री बनाएकाबाट गणतन्त्र उल्ट्याउने षडत्रन्त्र सुरु भयो,’ प्रचण्डले भने, ‘प्रतिनिधिसभा विघटनको अर्थ फेरि मुलुकलाई कहीँ न कहीँ निरंकुशतन्त्र तिर लैजाने, संविधान उल्ट्याउने समावेशी लोकतन्त्र उल्ट्याउने षड्यन्त्र थियो ।’

‘अन्ततः पार्टी विभाजन भए पनि ‘कम्युनिष्टलाई एकतावद्ध गर्नुपर्छ’ भन्ने सपना गलत नभएको उनले जिकिर गरे । उनले भने, ‘किनकि कार्यकर्ता मात्र होइन, जनताले पनि अनुमोदन गरेका थिए । दुई तिहाइबाट अनुमोदन भएको थियो ।’

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ४ : ५४ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक