६७ किसानलाई नगद राहत, अपांगता भएका २८ जनालाई सहयोग « Khabarhub

६७ किसानलाई नगद राहत, अपांगता भएका २८ जनालाई सहयोग


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा- छथर जोरपाटी गाउँपालिकाले असिनापीडित ६७ किसानलाई राहत वितरण गरेको छ । अपाङ्गता भएका २८ जनालाई सहयोग पनि गरेको छ ।

पालिकाले ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा ६७ किसानलाई नगद राहत र अपांगता भएकालाई नगद र यन्त्र सहयोग गरेको हो ।

तरकारी खेतीतर्फ पूर्ण क्षति भएका २२,आंशिक, २० सामान्य २३  र बाली क्षतितर्फ दुई परिवारलाई राहत दिइएको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिए ।

पूर्ण क्षति भएका किसानलाई १५ हजार, आंशिकलाई १० हजार,सामान्यलाई ५ हजारका दरले र बाली क्षति भएका १-१ परिवारलाई क्रमशः ५ हजार र ७ हजार ५ सय गरी ६ लाख ४२ हजार ५ सय बरावरको राहत दिइएको छ ।

१६ जना अपांगता भएका व्यक्तिलाई श्रवण यन्त्र र १२ जना अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ । शिविर सञ्चालनका क्रममा चिकित्सकले सिफारिस गरेकालाई श्रवण यन्त्र र आर्थिक अवस्था कमजोर भएका ‘ग’ र ‘घ’ वर्गका अपांगता भएकालाई नगद ५ हजारका दरले सहयोग गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिइन् ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ११ : १५ बजे

हर्मुज विवादले मध्यपूर्वमा सुरक्षा चुनौती गहिरियो

एजेन्सी– विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ

काठमाडौं– सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८