‘भिजिबिलिटी’ कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित « Khabarhub

‘भिजिबिलिटी’ कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्याप्त भिजिबिलिटी नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ ।

मौसममा आएको बदलीसँगै भिजिबिलिटी बढीमा ६ सय मिटरमा सीमित भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि १६ सय मिटर चाहिने प्राविधिकहरू बताउँछन् ।

भिजिबिलिटी नभएपछि बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान तथा अवतरण हुन नसकेको उनले बताए । बिहान ९:३० सम्म सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ । भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको हो ।

बंगालको खाडीमा आएको चक्रवात ‘जवाद’ को असर नेपालमा पनि परेपछि मौसमी प्रणालीमा असर गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १० : ०९ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव

प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले

जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक