कोरोना पीडित र अपाङ्गता भएका व्यक्तिलाई राहत « Khabarhub

कोरोना पीडित र अपाङ्गता भएका व्यक्तिलाई राहत


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा अपाङ्गता भएका कोरोना पीडित २४९ र विपन्न गरी पाँच ५५५ जनालाई राहत वितरण गरिएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा रहेका यस्ता व्यक्तिको दैनिक जीवन सहज बनाउनका लागि राहत वितरण गरिएको हो ।

कोरोनाबाट पीडित परिवारलाई सहायता कार्यक्रमअन्तर्गत करिब छ महिना पुग्ने खाद्यान्न वितरण गरिएको जिल्लास्थित अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालले बताए ।

सिबिएम नेपालको सहयोगमा आईएनएफ नेपाल जुम्ला शाखाले स्थानीय सरकारको समन्वयमा दुई चरणमा चामल ६० केजी, दाल १५ केजी, एक किलो नुन, दुईवटा साबुन, जिरा, खुर्सानी, धनियासहित खाद्य सामग्री वितरण गरेको परियोजना संयोजक ठालुराम चौधरीले बताए ।

विपन्न परिवारमा अपाङ्गता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिएर टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको थियो।

कोरोनाका कारण आम्दानी गुमाएका तथा अन्य विपन्न नागरिकलाई तेस्रो चरणमा राहत वितरण कार्यक्रमको तयारी भइरहेको छ ।

कनकासुन्दरी र चन्दननाथमा विपन्नलाई राहत कार्डसमेत वितरण गरिएको छ । विपन्नले सोही कार्डको आधारमा तेस्रो चरणको राहत पाउनेछन् । कोरोनाले लामो समयसम्म आम्दानीविहीन बनाएकाले करिब छ महिनासम्म पुग्नेगरी खाद्यान्न वितरण गरिएको हो ।

कोरोनाको समयमा आइएनएफले राहत वितरण, महासङ्घले सचेतना तथा सिएमसीले मनोसामाजिक समस्या भएका व्यक्तिलाई तनाव व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएको महासङ्घका कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले बताए ।

सङ्कटको समय आर्थिक अवस्था कमजोर भएका घर परिवारका व्यक्तिलाई राहत उपलब्ध गराउनु सकारात्मक रहेको चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेवी न्यौपानेले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ११ : ५४ बजे

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ