गाउँपालिकाले इन्जिनियर पढाउने « Khabarhub

गाउँपालिकाले इन्जिनियर पढाउने


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि रु आठ लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले त्यसको लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।

कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्नेछ । विपन्न लक्षित कार्यक्रम भएकाले सरकारी स्कूलमा अध्ययन गरेका गरिब, दलित, आदिवासी जनजाति समुदायकालाई प्राथमिकता दिइने योजना रहेको छ ।

गाउँपालिका क्षेत्रमा प्राविधिक क्षेत्रमा लाग्ने जनशक्ति कम देखिएकाले प्राविधिक जनशक्ति प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले गाउँपालिकाले सुरुआत गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

सरकारी कलेजमा पढ्न पुग्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाको लगानीमा इन्जिनियर बनेपछि गाउँपालिकामा बसेर सेवा पनि गर्लान् भन्ने सोच पनि गाउँपालिकाको रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १२ : ०५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु