राप्रपा महाधिवेशन : मतदान निकै सुस्त, रातिसम्म मतदान हुने « Khabarhub

राप्रपा महाधिवेशन : मतदान निकै सुस्त, रातिसम्म मतदान हुने


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा जारी राप्रपाको एकता महाधिवेशनमा यो समाचार तयार पार्दासम्म १५ सय मत खसेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान अझै जारी छ । राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो ।

निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदान सकिँन कम्तीमा पनि राति ११ बज्ने छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौँमा भेला भएका छन् । महाधिवेशनमा प्रदेश १ बाट दुई सय ५६ जना, प्रदेश २ बाट एक सय ७० जना, बागमती प्रदेशबाट दुई सय ४५ जना, गण्डकी प्रदेशबाट दुई सय ५० जना, लुम्बीनी प्रदेशबाट पाँच सय जना, कर्णाली प्रदेशबाट एक सय ९७ जना र सूदुरपश्चिम प्रदेशबाट एक सय ७५ जना प्रतिनिधि सहभागी छन् ।

निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन अधिकृतअनुसार अहिले एक सय ८६ मेसिन बुथबाट एकै पटक ८६ जनाले एकै पटक मतदान गरिरहेका छन् । एक जनालाई मतदान गर्न १५ मिनेटभन्दा बढीमा लागिरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ३ : १४ बजे

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका

सकियो जीवित भेटिने आश, कुशको शव बनाएर धमाधम अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं– भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूको परिवारले पशुपति आर्यघाटमा कुशको

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

काठमाडौं– ‘बाढी आइरहेको छ, हेर त ।’ रातभरको काम सकेर कोठामा

वालेन्द्रलाई वर्षमानका १८ सुझाव : खोज तथा उद्धारमा तीव्रतादेखि नेपाल-चीन संयुक्त संयन्त्र निर्माणसम्म

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन

टनेलमा फसेकाको तत्काल उद्धार गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भाद्र १० गतेको विनाशकारी