माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो « Khabarhub

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हो ।

कम्पनीका अनुसार आयोजनाले दुई सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई निःशुल्क विद्युत दिनेछ । परीक्षण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । आयोजनाले चैत २०७७ मै उत्पादन सुरु गर्ने भने पनि कोरोना महामारीका कारण निर्माण प्रभावित हुँदा सात महिना ढिलो गरी विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाबाट भदौ‌ २०७८ देखि विद्युत उत्पादन गर्नुपर्ने थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ४० बजे

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा