खुकुरी म्युजिक नेशन प्रतियोगिताको शीर्ष १६ प्रतियोगीको नाम सार्वजनिक « Khabarhub

खुकुरी म्युजिक नेशन प्रतियोगिताको शीर्ष १६ प्रतियोगीको नाम सार्वजनिक


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘खुकुरी म्युजिक नेशन’ प्रतियोगिताका टप १६ प्रतियोगीहरुको नाम घोषणा भएको छ । खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न भर्चुअल ‘खुकुरी म्युजिक नेशन’ प्रतियोगिता आयोजना गरेको हो ।

यस प्रतियोगितामा सहभागीता जनाउन आवेदन दिएकाहरु मध्येबाट शीर्ष १६मा स्थान जमाउन सफल भएका प्रतियोगीहरुको नाम गत जनवरी १ तारिखमा खुकुरीको आधिकारिक युट्युब च्यानल र डिशहोममा प्रदर्शित भव्य एवं बृहत्तर अनलाइन कन्सर्टको दौरानमा सार्वजनिक गरिएको थियो ।

घोषित शीर्ष १६ प्रतियोगीहरु ऋनिश श्रेष्ठ, अन्जान रानाभाट, युनिक बज्राचार्य, किरण भुषाल, महेश चापागाईं, मोनिका राई, सन्देश गुरुङ्ग, सागर राई, सन्तोष घले, उमित श्रेष्ठ, सबिन मगर, राजु गुरुङ्ग, दर्शिका रेग्मी, कुसुम गिरी, अशिम थापा, र जिग्मे बाङचुक रहेका छन् । प्रतियोगिताको लागि नेपाल भित्र रहेका र नेपाल बाहिर बसेका नेपालीहरुले सहभागीता जनाएका थिए ।

शीर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राई सहितको निर्णायक मण्डलले गरेको थियो । प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले प्रतियोगिताको लागि उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो आधिकारिक वेबसाइट खुकुरी म्युजिक डट कममा अपलोड/सम्मिलित गराएका थिए ।

यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्नेछन् । आफ्नो मनपर्ने प्रिय कलाकारलाई प्रशंसकहरुले खुकुरी म्युजिक डट कममा गएर भोट गर्न सक्नेछन् ।

यो भर्चुअल प्रतियोगिताले नेपाली संगीतका उदयमान प्रतिभाहरुलाई आफू स्वयम् र उनीहरुका प्रियजनहरुको समेत स्वास्थ्य सुरक्षा सुनिश्चित् गर्दै आफ्नै घरबाट आफ्नो सांगीतिक प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १० : ३५ बजे

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले