मनाङमा हिमपात, तापक्रम माइनसमा झरेसँगै जनजीवन प्रभावित « Khabarhub

मनाङमा हिमपात, तापक्रम माइनसमा झरेसँगै जनजीवन प्रभावित


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस ९ डिग्रीसेल्सियस पुगेको छ ।

मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी र चामे लगायतका ठाउँमा हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

चिसोका कारण मानिसको चहपहल घटेको छ । मनाङमा यसअघि पुस २१ गते माथिल्लो क्षेत्रमा हिमपात भए पनि चामेमा भने यो वर्ष पहिलो पटक हिमपात भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

लामो समयपछि बाक्लो हिमपात हुँदा किसान भने खुसी भएको उनले बताए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ४ : ०५ बजे

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया : सडक पुल पहिलो प्राथमिकतामा

सियोल– उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग

काठमाडौं– भोटेकोशी बाढीपीडितलाई युनिलिभर नेपाल लिमिटेडले राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप