यी १० तरकारी मधुमेहका बिरामीले खान मिल्छ « Khabarhub

यी १० तरकारी मधुमेहका बिरामीले खान मिल्छ


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ । विश्वमा ४० वर्षमाथिका हरेक चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ ।

मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अंगमा समस्या बढ्दै जान्छ । दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ । मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ ।

१. करेला
करेलाको सेवनले शरीरमा ब्लड सुगर लेभल नियन्त्रण राख्दछ । त्यसैले मधुमेह रोगीले खानामा करेला सामेल गर्नु लाभदायक हुन्छ ।

२. भिन्डी
भिन्डी मधुमेह रोगीका लागि धेरै लाभदायक हुन्छ । यसलाई काँचै वा पकाएर पनि खान सकिन्छ । यसको सेवनले ब्लड सुगर लेभल नियन्त्रण हुन्छ ।

३. पालुङ्गो
म्याग्निसियम, फोलेट र पोटाशियम पर्याप्त मात्रामा पाइने पालुङ्गोको सेवनले पनि मधुमेह नियन्त्रण राख्न सहयोग गर्छ ।

४. चुकन्दर
चुकन्दरमा पोटाशियम र भिटामिन सी भरपुर मात्रामा हुन्छ । यसको सेवनले मधुमेहको रोगीलाई हुने थकान कम हुन्छ र काम गर्नका लागि ताकत पनि मिल्दछ ।

५. शखरखण्ड
शखरखन्ड (सुठुनी)मा एन्डिअक्सिडेन्ट पाइन्छ । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सहयोग गर्दछ ।

६. बन्दगोभी
बन्दगोभी नियमित खानाले शरीरमा इन्सुलिनको स्तर नियन्त्रित हुन्छ । यसले तौल घटाउन समेत सहयोग गर्दछ ।

७. लौका
बिहान खाली पेटमा लौकाको जुस पिउनाले मधुमेहसम्बन्धी सबै समस्याबाट छुटकारा पाउन सकिन्छ ।

८. बैगुन
मधुमेह रोगीकालागि बैगुनको सेवन पनि लाभदायक हुन्छ । यसले ब्लड सुगरको लेभल बढ्न दिदैन । साथै इन्सुलिनको उत्पादनपनि नियन्त्रणमा राख्दछ ।

९. प्याज
प्याजमा केहि यस्ता एसिड पाइन्छ, जसले शरीरमा इन्सुलिनको मात्रा बढ्न दिदैन साथै ब्लड सुगर लेभल पनि सन्तुलित राख्दछ ।

१०. काउली
काउलीमा फाइबरको मात्रा पर्याप्त हुन्छ । यसले शरीरको विषाक्त पदार्थ वाहिर निकाल्छ । साथै मधुमेह रोगीकालागि यो लाभदायक हुन्छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ७ : ४९ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि