इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो « Khabarhub

इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्ह्वा- इन्डोनेसियामा बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

इन्डोनेसिया विपत् व्यवस्थापन निकाय, ‘रादिति अ जाती’,का प्रवक्ताले राडित्य जातीले देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोले मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि गरे ।

यसपहिले प्राप्त विवरणमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा २० रहेको र पाँच वेपत्ता भएको उल्लेख गरिएको थियो ।

बाढी पहिरोले दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ ।

घटनामा घाइते भएकालाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् ।

बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजीकार्य जारी रहेको बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ०५ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार