दोस्रो एक दिवसीयमा पाकिस्तान पराजित « Khabarhub

दोस्रो एक दिवसीयमा पाकिस्तान पराजित


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  दक्षिण अफ्रिकाविरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तान पराजित भएको छ ।

ओपनर फखर जमानको सर्वोत्कृष्ट शतकका बाबजुद पाकिस्तान दोस्रो एक दिवसियमा अफ्रिकासँग १७ रनले पराजित भएको हो । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितका लागि ३ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २४ रन मात्र बनायो ।

पाकिस्तानका ओपनर फखर जमान १ सय ९३ रनको शतकीय खेल खेले पनि टोलिलाई जिताउन सकेनन् । जमान बाहेक पाकिस्तानका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले ३ विकेट लिदा एन्डिले फहलुकवयोले २ विकेट लिए । यस्तै कागिसो रबाडा, लुन्गी एनगिडी र तबरेज शाम्शीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४१ रन बनाएको थियो ।

दक्षिण अफ्रिका कप्तान टेम्वा बभुमाले सर्वाधिक ९२ रनको योगदान दिए । ओपनर तथा विकेटकिपर क्विन्टन डी ककले ८० रन बनाउँदा मध्यक्रममा रास्सी भान डर डुसेनले ६० रन बनाए ।  डेविड ५० रनमा अविजित रहे ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ५० बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम