कोरोना संक्रमण बढेपछि आईपीएल क्रिकेट अनिश्चितकाललाई स्थगित | Khabarhub Khabarhub

कोरोना संक्रमण बढेपछि आईपीएल क्रिकेट अनिश्चितकाललाई स्थगित


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको हो ।

विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकाललाई  स्थगित गर्ने निर्णय गरेको हो ।

पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ ।

कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको थियो ।

चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको थियो ।

त्यस्तै सनराइजर्स हैदरावादका विकेटकिपर ब्याट्सम्यान रिद्धिमान साहालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : ५५ बजे

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार