पहिलो डेटमा रोएका थिए नवाजुद्दीन « Khabarhub

पहिलो डेटमा रोएका थिए नवाजुद्दीन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– पहिलो प्रेम, अनि पहिलो डेट । प्रेम जोडीका लागि यो भन्दा रोमाञ्चक क्षण कुन होला र । तर अभिनेता बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीका लागि भने पहिलो डेट भावुकपूर्ण बन्यो ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार नवाजुद्दीन मुम्बईमा नयाँ हुँदा नेशनल स्कूल अफ ड्रामामा भर्ना भएका थिए । मुम्बईमा केही समय बसेपछि नवाजुद्दीनलाई मुम्बईमा कोही न कोही केटी साथी हुन्छन् भन्ने लाग्यो ।

गाउँबाट आएका नवाजुद्दीनले आफ्नो पनि कोही केटी साथी भयो भने जीवन परिवर्तन हुन्छ भन्ने सोचेका थिए । विस्तारै उनको घनिष्ठता एक युवतीसँग भयो । घनिष्ठ बनेपछि एकदिन नवाजुद्दीनले ती युवतीलाई डेटमा लैजाने निर्णय लिए ।

नवाजुद्दीनले युवतीलाई लिहाजामा घुमाउन लगेका थिए । दुवै पार्कमा घुमिरहेका थिए । आधा घण्टा बित्दासम्म दुवै मौन थिए । युवतीलाई दिक्क भएपछि नवाजुद्दीनलाई घर जान भनिन् ।

युवतीको भनाई सुनेपछि नवाजुद्दीनले तुरुन्तै युवतीको हात समाते । नवाजुद्दीनको व्यवहारबाट झस्केकी युवतीले आफ्नो अनुमति बिना नै किन हात समातेको भनेर थकाईन् ।

नवाजुद्दीन युवतीको रिस देखेर कतै मानिसहरु भेला हुने त होइनन् भन्दै डराए । नवाजुद्दीनले युवतीलाई फकाउन थालेपछि उनी रुन थाले ।

नवाजुद्दीन रोएको देखेर युवतीको रिस केही कम भयो । युवतीलाई आफूले गाली गर्दा पनि नवाजुद्दीन नरिसाएको देखेर उनमा दयाभाव जाग्यो ।

त्यसपछि युवतीले नवाजुद्दीनको हात समातेर अंकमाल गरिन् र गालामा चुम्बन गरिन् । त्यसपछि नवाजुद्दीनले रुने काम बन्द गरे ।

यो किस्सा निर्देशक अनुराग कश्यपलाई नवाजुद्दीनले सुनाएपछि अनुरागले यो किस्सा यति मनपराएकी उनले फिल्म ‘ग्याङ अफ वासेपुर’मा एक दृश्य नै बनाए । यो दृश्यमा हुमा कुरैशी र नवाजुद्दीन छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : ३१ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान