सबै विदेशी सैनिकले सेप्टेम्बरभित्रै अफगानिस्तान छाड्नेमा तालिवानको आशंका « Khabarhub

सबै विदेशी सैनिकले सेप्टेम्बरभित्रै अफगानिस्तान छाड्नेमा तालिवानको आशंका


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा रहेका अमेरिकी तथा नेटो सैनिकले आउँदो सेप्टेमबरसम्ममा अफगानिस्तान छाड्नेमा तालिवानले आशंका गरेको छ ।

आउँदो सेप्टेम्बर-११ सम्ममा सबै विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिँने बताइएकोमा त्यस समयमा उनीहरु फर्किनेमा तालिवानले आशंका जनाएको हो ।

तालिबानले सबै विदेशी सैनिक समयसीमा भित्रै स्वदेश नफर्किए त्यसबाट निम्तिने परिणामको सामना गर्नुपर्ने चेतावनी पनि दिएको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर सार्वजनिक भएपछि तालिबानको यस्तो चेतावनी आएको हो ।

तालिबानका नेताले बीबीसीलाई जनाएअनुसार समय सीमा भन्दा पछि बाहिरिने वा समय सीमापछि पनि अफगानिस्तानमा रहने विदेशी सैनिकहरु जोखिममा आउने चेतावनी दिइएको हो । तालिबानका प्रवक्ता शुहाइल शहीनले काबुल सैनिकलाई नियन्त्रणमा लिने आफूहरुको नीति नरहेको तर विदेशी सेनाकै छाताभित्र रहने कुरा अस्वीकार्य हुने बताएका छन् ।

२० वर्षदेखि अफगानिस्तानमा जारी रहेको अमेरिका र नेटोको सैन्य अभियानमा अन्त्य हुने चरणमा छ ।

विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : १० बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज