भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् ।

२० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको हो । महामारीबीच मोदीको ‘एप्रोभल रेटिङ’ ६३ प्रतिशत रहेको पाइएको छ । यो दर विश्वका अन्य नेताको तुलनामा सबैभन्दा बढी हो ।

मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादर बढी रुचाइएका नेता बनेका छन् । लोपेजपछि एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो ड्रागी र जर्मन चान्सलर मर्केला एन्जेलको नाम छ ।

सर्वेक्षणअनुसार ड्रागीको ६४ प्रतिशत र मर्केलको एप्रोभल रेट ५२ प्रतिशत छ । मर्केलपछि अमेरिकी राष्ट्रपति जो बाइडेन छन् । बाइडेनको एप्रोभल रेट ४८ प्रतिशत छ । सबैभन्दा न्यून एप्रोभल रेट जापानका प्रधानमन्त्री योसिहिदे सुगाको छ ।

दी मर्निङ कन्सल्टले गरेको सो सर्वेक्षणको सूचीमा चीनका कुनै नेताको नाम समावेश छैन । एजेन्सी

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : ०४ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि