अफगान राष्ट्रिय ध्वजावहाक विमानद्वारा आन्तरिक उडान सुरु « Khabarhub

अफगान राष्ट्रिय ध्वजावहाक विमानद्वारा आन्तरिक उडान सुरु


२० भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएको स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।

“एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार–आई–शरिफ र कान्दाहर शहरहरूसम्मको उडान पुनः सुरु गरेको छ,” टोलोन्युजले आफ्नो समाचार बुलेटिनमा उल्लेख गरेको छ ।

अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा समस्या रहेको बताउने गरिएको छ ।

अर्को स्थानीय निजी विमान कम्पनी काम एयरले आफ्नो विमान काबुल विमानस्थलबाट इरानको मशहाद सहरमा सारेको समाचारमा जनाइएको छ ।

तालिबानले अगष्ट १५ मा अफगानको राजधानी कब्जा गरेपछि काबुलमा अराजक स्थिति आउनसक्ने आशङ्पछि त्यहाँ उडान भरिरहेका स्वदेशी तथा विदेशी विमान कम्पनीले व्यवसायिक उडान गर्न रोकेका थिए ।

सञ्चारमाध्यमहरूका अनुसार कतारको एक प्राविधिक टोली काबुल विमानस्थलमा उडान पुनः सुचारु गर्न मद्दत गर्न तयार छ । मानवीय सहायता लिएर संयुक्त अरब इमिरेट्सबाट ओहदाका अधिकारीहरू र अर्को विमान बोकेको कतारी विमान केही दिनअघि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । सिन्ह्वा

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ८ : १५ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम