कपिलवस्तु कृष्णगनरमा झाडापखालबाट २ जनाको मृत्यु « Khabarhub

कपिलवस्तु कृष्णगनरमा झाडापखालबाट २ जनाको मृत्यु


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालको प्रकोपबाट २ जनाको मृत्यु भएको छ ।

झाडापखालाबाट वडा नम्बर ९ वहादुरगन्जमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष ५ का राज कश्यप र वर्ष ४० का राम प्रसाद केवट रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए ।

बालक कश्यपको स्थानीय निजी क्लिनीकमा उपचार गर्नेक्रममा र केवटको घरमै मृत्यु भएको पाण्डेयले बताए । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा प्रकोप फैलिएको उहाले जानकारी दिए । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली मंगलबार बहादुरगंज पुगेको छ भने प्रदेशबाट उपचार टोली समेत त्यहा पुगेको उहाको भनाइ छ ।

वडा भरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचद्र घिमिरेले बताए ।

नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन् ।

झाडापखाला के कारण फैलिएको हो भन्ने एकिन कारण पत्ता लागिनसके पनि वर्षायाममा दूषित पानीको कारण झाडापखाला फैलिएको हुनसक्ने डाक्टर मुकेश चौधरीले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ३० बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको