‘गोर्खा वारियर–२’ लाई छानिए ३४ कलाकार « Khabarhub

‘गोर्खा वारियर–२’ लाई छानिए ३४ कलाकार


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘गोर्खा वारियर–२’को लागि ३४ जना कलाकार छानिएका छन् । फिल्मको लागि आवश्यक गोर्खा सैनिकदेखि विभिन्न पात्रको भूमिकाको लागि लिइएको अडिसनमा सहभागी एक सयभन्दा बढी व्यक्तिमध्येबाट ३४ जना चयन भएका हुन् ।

फिल्मको निर्माता तथा निर्देशक मिलन चाम्स, द्वन्द्व निर्देशक हिमाल केसी, छायाकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरीराज घिमिरेको टिमले अडिसनबाट कलाकार चयन गरेको हो । छानिएका मध्ये अधिकांश कलाकार गोर्खा सैनिकको भूमिकामा हुनेछन् ।

फिल्मको छायांकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले रोकिएको थियो । अब बाँकी छायांकन तिहारलगत्तै सिन्धुलीदेखि सुरु हुने यसका निर्माता निर्देशक चाम्सले बताए । त्यसपछि बाँकी छायांकनको लागि युनिट तनहुँ जानेछ । यसअघि सोलुखुम्बुसहित नेपालका केही स्थानमा फिल्मको छायांकन सम्पन्न भइसकेको छ ।

नेपालको छायांकन सकिएपछि बेलायत, भारत, मलेशियालगायतका देशमा बाँकी छायांकन सम्पन्न गरिनेछ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सह–निर्माताको रुपमा सुरेश राई छन् ।

फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसीलगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो फिल्मबाट डेब्यु गर्दै छन् ।

फिल्ममा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व रहनेछ । फिल्म सन् २०२२ मा रिलिज हुनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ४ : २१ बजे

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका