प्रिती राईले कम उमेरका कारण गुमाइन् आईलिग « Khabarhub

प्रिती राईले कम उमेरका कारण गुमाइन् आईलिग


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– होचो कद, तीव्र गतिको खेल, साथै उत्कृष्ट फिनिसिङ । यिनै कारण गत भदौमा भएको बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा प्रिती राई सबैको नजरमा पर्न सफल भइन् । डेब्यू खेलमै प्रितीले गोल पनि गरिन् । जुन गोल दर्शनीय रहेको थियो । प्रितीसँगै सविता राना मगरले समेत डेब्यू खेलमै गोल गरिन् ।

दुई खेलाडीको अग्रपंक्तिमा सुन्दर खेलसँगै नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।

यसपछि नेपालले एएफसी एसियन कप छनोट खेलमा प्रतिस्पर्धा गर्‍यो । सो प्रतियोगितामा समेत प्रितीले उत्कृष्ट प्रदर्शन गरिन् ।

उमेरले प्रिती मंसिरमा १७ वर्षको पुग्नेछिन् । उमेर समूहको साफ च्याम्पियनसिपमा नेपालको यू–१५ राष्ट्रिय टोलीको कप्तानी गरेकी प्रितीले एएफसी यू–१९ च्याम्पियनसिपको छनोट खेलमा समेत राम्रो प्रदर्शन दिइन् । जसका कारण प्रितीलाई विभागीय टोली एपीएफ क्लबले अनुबन्धन गर्‍यो । करारमा खेलिरहेकी प्रितीले त्यहाँसमेत आफूलाई प्रमाणित गरिन् । टोली राष्ट्रिय महिला लिग नै च्याम्पियन भयो ।

त्यसपछि राष्ट्रिय टोलीको क्लोज क्याम्पमा दोस्रो पटक स्थान बनाएकी प्रितीले यस पटक भने डेब्यू नै गरिन् । प्रितीलाई नेपाली महिला टोलीको भविष्यको रूपमा हेरिएको छ । उनको खेलले नै यसलाई प्रमाणित गरिसकेको छ ।

गत राष्ट्रिय लिगमा एपीएफबाट खेल्ने सावित्रा भण्डारी (साम्बा) ले घुँडाको चोट बोकेपछि साम्बाको स्थान क्लबमा होस् या राष्ट्रिय टोलीमा प्रितीले पाएकी छिन् । भलै अग्रपंक्तिमा प्रिती सावित्रा जत्तिको सफल हुन भने सकेकी छैनन् । तर, भविष्य भने प्रितीले सावित्राकै सफलता पाउने संकेत देखाएकी छिन् ।

सानै उमेरमा सफलताको उँचाइमा पुग्ने कोसिस गरेकी प्रितीलाई देशभित्र मात्र हैन, बाहिरी क्लबबाट समेत खेल्न प्रस्ताव आउन थालेको छ । मिडफिल्डर र फरवार्ड जुनसुकै पोजिसनमा खेल्न सक्ने प्रितीलाई भारतीय क्लबबाट खेल्न प्रस्ताव आउन थालेको हो । दक्षिण एसियाली फुटबलमा ‘पावर हाउस’को उपमा पाएको भारतीय आईलिगका लागि प्रितीलाई प्रस्ताव आएको छ ।

तर, प्रितीले आफ्नो उमेरकै कारण भारतीय महिला आईलिग खेल्न नपाउने भएकी छिन् । भारतीय आईलिग छनोट खेलमा महराष्ट्रको ‘फुटबल क्लब कोलहापुर सिटी’ले प्रितीलाई छनोट खेल्न प्रस्ताव गरेको हो ।

तर, लिग खेल्न श्रम भिषामा विदेश जानुपर्ने हुँदा कम उमेरका कारण प्रितीले लिग खेल्न भारत जान पाइनन् । ‘लिग खेल्न प्रस्ताव आएको थियो । तर, उमेर नपुगेर अवसर गुमाएँ’, प्रितीले बताइन् ।

महिला विभाग प्रमुख हरि खड्काले समेत प्रितीलाई लिग खेल्न प्रस्ताव आएको र उमेर नपुगेकै कारण लिग खेल्नबाट बञ्चित भएको बताए । ‘प्रितीलाई कोलहापुरबाट प्रस्ताव आएको थियो । उमेर कम भएपछि पठाउन सकेनौं’, राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व खेलाडी तथा कप्तान हरिले भने ।

छनोट लिग खेल्न अर्की युवा स्टार सविता राना मगरलाई समेत प्रस्ताव आएको छ । कोलहापुरले नै दुवै खेलाडीलाई माग गरेको थियो । प्रिती जान नपाए पनि सविताको भने जाने तयारी अन्तिम अवस्थामा पुगेको छ ।

उमेर कम भएकै कारण बाहिर लिग खेल्न जान नपाएको यो पहिलो घटना भने हैन, यसअघि भुटानको लिग खेल्न हाल राष्ट्रिय टोलीमा रहेका गोलरक्षक अन्जना राना मगर र डिफेण्डर पूजा रानालाई प्रस्ताव आएको थियो ।

तर, कम उमेरका कारण दुवै खेलाडी अन्तिम समयमा उडान टिकटसमेत रद्द गर्न पुगेका थिए । पछिल्ला दुई सिजन हिरो महिला लिगमा नेपालबाट फरवार्डद्वय सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतले मौका पाएका थिए ।

यसअघि सावित्रा र अनिताले पहिलो भारतीय आईलिगमा सेथु एफसीलाई लिगको उपाधि दिलाएका थिए । दोस्रो पटक अनिता सेथुमै रहँदा सावित्रा गोकुलम केरेरा पुगेकी थिइन् । जहाँ सावित्राको उत्कृष्ट प्रदर्शन प्रेरित गोकुलम पहिलो पटक हिरो आईलिगको उपाधि हात पार्न सफल भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ६ : २० बजे

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज

भीमफेदीको बैदमारमा जीप दुर्घटना, दुईजनाको मृत्यु

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट

काठमाडौँ – इरान र अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको

काठमाडौँमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौँ– हिमालयन रिम फिल्म प्रदर्शनी सुरु भएको छ । ‘मार्शल

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र