‘ए’ डिभिजन लिग : आर्मी र बीबीसी भिड्ने | Khabarhub Khabarhub

‘ए’ डिभिजन लिग : आर्मी र बीबीसी भिड्ने


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणमा आज (आइतबार) आर्मीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्ध खेल्दैछ ।

दशरथ रंगशालामा हुने खेल साँझ पौने ५ बजे सुरु हुनेछ । तेस्रो खेलमा आर्मी पहिलो जितको खोजीमा छ । आर्मीले अघिका दुबै खेलमा अंक बाँडेको थियो । समग्रमा दुबै खेल आर्मीले आफ्नै स्तरको प्रतिद्वन्द्वी पाएको थियो ।

पहिलो खेलमा विभागीय नेपाल पुलिससँग १–१ अन्तरले बराबरी खेल्दै अंक बाँडेको आर्मी दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेल्न बाध्य भयो ।

लिगमा आर्मीलाई बीबीसी सहज प्रतिद्वन्द्वी हुन सक्नेछ । पछिल्लो दुबै संस्करणको लिगमा आर्मीले सहज जित निकालेको छ । यसपटक समेत शारीरिक तथा प्राविधिक रुपमा बलियो आर्मी युवा खेलाडी सम्मिलित बीबीसीबाट तीन अंक खोस्ने दाउँमा छ ।

‘विपक्षीलाई कमजोर मान्नु हुन्न । हामी आफ्नो खेल खेल्दै तीन अंक लिने प्रयासमा गर्नेछौं,’ आर्मीका सहायक प्रशिक्षक राजु तामाङ भन्छन् ।

लिगको तयारी क्रममा मुख्य फरवार्ड नवयुग श्रेष्ठ गुमाएको आर्मी अट्याक लाइनमै कमजोर देखिएको छ । आर्मी अर्का स्ट्राइकर सुदिल राईलाई समेत चोटका कारण पाउने छैन ।

बीबीसीविरुद्ध आर्मीले अग्रपंक्तिमा कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई उतार्ने छ ।

बीबीसी युवा खेलाडीको उच्च मनोबलका साथ आर्मीलाई चुनौती दिन तयार छ । नेपाल यु–१६ टोलीका कप्तान समेत रहीसकेका रोशन राना मगरको कप्तानीमा रहने बीबीसी जारी लिगमा अपराजित छ । २ खेल खेलेका उसले १ जित र १ बराबरसहित ४ अंक जोडेको छ ।

सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको बीबीसी आर्मीविरुद्ध अप्रत्याशित नजिता दिने योजनामा छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ३० बजे

पाँच वटा सडक जोडिए पनि म्याग्दी टोड्के पुग्नै सकस

म्याग्दी- म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको

सुपर स्टार नाडालको खेल जीवनको अन्त्य : अन्तिम खेलको हारले बनायो भावुक

स्पेन – टेनिस सुपर स्टार राफेल नाडालले जीवनको अन्तिम खेलमा

कालिका मन्दिरमा कात्तिक महिनाको भेटी ३५ लाख रुपैयाँ

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा कात्तिक

अर्थसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ ।

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

काठमाडौं – द्वन्द्वका कारणको खोजी गर्ने र पीडितलाई राहत तथा