लैंगिक विभेदविरुद्धका कानून कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीको ध्यानाकर्षण « Khabarhub

लैंगिक विभेदविरुद्धका कानून कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीको ध्यानाकर्षण


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा कायमै रहेको लैङ्गिक बिभेदलाई अन्त्य गर्न आवश्यक नीति र कानूनको निमार्ण गर्दै प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराएकी छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सामूदायिक वन उपभोक्ता महासङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले छाउपडी, बोक्सी, दाइजो जस्ता कुप्रथालाई निर्मुल पार्न नसकेको भन्दै बिभेदलाई अन्त्य गर्न नीति र कानूनको निर्माण र कार्यान्वयनका लागि ध्यानाकर्षण गराइन् ।

उनले मौजुदा कानून र नीतिहरु समूदाय स्तरमा छलफल गरेर सुधार गर्नुपर्ने धारणा राखिन्। त्यस्तै उनले समाजवाट लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष र महिला दुवैको सक्रियता आवश्यक पर्ने उल्लेख गरिन्। वन व्यवस्थापका माध्यमबाट जनताको जीविकोपार्जनका साथै मुलुकको आर्थिक बिकासका लागि पनि भूमिका निर्वाह गर्न उनले सामूदायिक वन उपभोक्ता महासङ्घलाई आग्रह गरिन्।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका पदाधिकारीले सामूदायिक वन उपभोक्ता समितिमा कम्तिमा पनि ५० प्रतिशत महिलाको अनिवार्य उपस्थितिको व्यवस्था गरेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु