लैंगिक विभेदविरुद्धका कानून कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीको ध्यानाकर्षण | Khabarhub Khabarhub

लैंगिक विभेदविरुद्धका कानून कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीको ध्यानाकर्षण


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा कायमै रहेको लैङ्गिक बिभेदलाई अन्त्य गर्न आवश्यक नीति र कानूनको निमार्ण गर्दै प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराएकी छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सामूदायिक वन उपभोक्ता महासङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले छाउपडी, बोक्सी, दाइजो जस्ता कुप्रथालाई निर्मुल पार्न नसकेको भन्दै बिभेदलाई अन्त्य गर्न नीति र कानूनको निर्माण र कार्यान्वयनका लागि ध्यानाकर्षण गराइन् ।

उनले मौजुदा कानून र नीतिहरु समूदाय स्तरमा छलफल गरेर सुधार गर्नुपर्ने धारणा राखिन्। त्यस्तै उनले समाजवाट लैङ्गिक हिंसा अन्त्य गर्न पुरुष र महिला दुवैको सक्रियता आवश्यक पर्ने उल्लेख गरिन्। वन व्यवस्थापका माध्यमबाट जनताको जीविकोपार्जनका साथै मुलुकको आर्थिक बिकासका लागि पनि भूमिका निर्वाह गर्न उनले सामूदायिक वन उपभोक्ता महासङ्घलाई आग्रह गरिन्।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका पदाधिकारीले सामूदायिक वन उपभोक्ता समितिमा कम्तिमा पनि ५० प्रतिशत महिलाको अनिवार्य उपस्थितिको व्यवस्था गरेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ५५ बजे

‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडी बढाउने

माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)

एमसीसीलाई पुन: निरन्तरता दिने निर्णयविरुद्ध विप्लव नेकपाको विरोध

काठमाडौं– विप्लव नेतृत्वको नेकपाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन

देश बाँझिदै गर्दा सरकार भन्छ -कृषि उत्पादन र खाद्य सुरक्षामा अब महिलाकै भर !

काठमाडौँ – देशको २५ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन बाँझो पल्टिँदै

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ को