भीम रावलले ओलीलाई भने : म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर झैं नगर्नुस् « Khabarhub

भीम रावलले ओलीलाई भने : म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर झैं नगर्नुस्


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता डा भीमबहादुर रावलले प्रभावकारी रुपमा संसद अवरुद्ध गर्न नसके जनताको आवाज उठाउन दिनुपर्ने बताएका छन् ।

दोस्रोपटक अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले पदबहालीका क्रममा २८ गते आह्वान गरिएको संसद अधिवेशनमा पार्टीबाट निष्काशन गरिएका माधव नेपाल समूह सांसद हैसियतमा उपस्थित भए अवरुद्ध गर्ने बताएका बेला नेता रावलले प्रभावकारी रुपमा अवरुद्ध गर्न सुझाएका हुन् ।

तर सरकारले काम गर्नेगरी अवरुद्ध गरेको कुनै औचित्य नहुने उनले उल्लेख गरेका छन् । यो म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भनेझैं भएको रावलको भनाइ छ ।

‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै काम कारवाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,’ उनले भनेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्‍यो । नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्‍यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : ३० बजे

औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख

तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम समयमा

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा