चितवनबाट बाघ गणना सुरु | Khabarhub Khabarhub

चितवनबाट बाघ गणना सुरु


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनबाट आइतबार बाघ सर्वेक्षण सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट बाघ सर्वेक्षण सुरु गरिएको हो ।

वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहामा क्यामेरा स्वीच अन गरेर सर्वेक्षणको उद्घाटन गरे । बाघ सर्वेक्षणका लागि करिब एक हजार वटा स्वचालित क्यामरा प्रयोग गरिने छ ।

चितवन–पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सय वटा क्यामरा प्रयोग हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

कार्यक्रममा मन्त्री यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताए। उनले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमी, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गरे ।

उनले संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर यसको संंरक्षण गर्नु आवश्यक रहेको धारणा राखे। बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्ने कार्यविधि तयार भई स्वीकृतिको क्रममा रहेको उनले जानकारी दिए ।

नेपालमा सन २००९ देखि बाघ सर्वेक्षण सुरु गरिएको हो । त्यसबेला नेपालमा १२१ वटा बाघ रहेका थिए भने चितवनमा मात्रै ९१ वटा बाघ थिए । २०१३ मा नेपालमा १९८ वटा बाघ रहेकोमा चितवनमा १२० वटा थिए ।

सन २०१८ मा गरिएको सर्वेक्षणमा नेपालमा २३५ वटा बाघ रहेका छन् । जसमध्ये चितवनमा मात्रै ९३ वटा बाघ छन् । नेपाल सरकारले सन २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन २०२२ भित्रमा बाघको संख्या दोब्बर अर्थात् २५० वटा पुर्‍यमउने प्रतिवद्धता जनाएको थियो ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : ५० बजे

‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडी बढाउने

माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)

एमसीसीलाई पुन: निरन्तरता दिने निर्णयविरुद्ध विप्लव नेकपाको विरोध

काठमाडौं– विप्लव नेतृत्वको नेकपाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन

देश बाँझिदै गर्दा सरकार भन्छ -कृषि उत्पादन र खाद्य सुरक्षामा अब महिलाकै भर !

काठमाडौँ – देशको २५ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन बाँझो पल्टिँदै

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ को