रसुवा बन्यो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला « Khabarhub

रसुवा बन्यो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो ।

जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी खोप लगाउन योग्य सबैलाई पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए ।

खोप लगाउन योग्य सबैले पूर्ण खोप पाएसँगै खोप अभियान सक्किएको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयमा ६ सय डोज खोप रहेको छ । खोप लगाउन छुटेका कोही आए लगाइने चालिसेले बताए ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा ४४ हजार ९ सय ८१ जनसंख्या छ । जसमध्ये १८ वर्ष माथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य २९ हजार १ सय ६ जना रहेका छन् । तीमध्ये २९ हजार १ सय १ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप पाएका छन् । जुन ९९ दशमलव ९९ प्रतिशत हो ।

कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप ३ हजार २ सय ८० जनाले पाएका छन् । २० हजार २ सय १७ जनाले भेरोसेलको पहिलो मात्राको खोप पाएका छन् । ३ हजार ६ सय ४ जनाले एष्टाजेनेकाको खोप पाएका छन् भने एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन दुई हजारले लगाएका छन् ।

त्यसैगरि, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ९४ दशमलव २८ प्रतिशतले पाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप १ हजार ३० जनाले पाएका छन् । २० हजार १ सय ५६ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन् । एक मात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन खोप २ हजारलाई लगाइएको जनाइएको छ । कूल ४ हजार २ सय ५६ जनाले एष्टाजेनेका खोप लगाएका छन् ।

९४ दशमलव २८ प्रतिशत नागरिकले जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ । बाँकीले पहिलो खोप जिल्लामै लगाए पनि दोस्रो खोप बाहिरी जिल्लामा लगाएको पाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु