धर्मेन्द्रको ज्वाइ हुनसक्थे रणवीर सिंह र आदित्य राय कपूर « Khabarhub

धर्मेन्द्रको ज्वाइ हुनसक्थे रणवीर सिंह र आदित्य राय कपूर


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका चर्चित अभिनेता रणवीर सिंह सानैबाट अभिनयको शौख राख्दथे । उनका चिनजानका मानिसले उनलाई भविष्यमा फूपाजु अनिल कपूर जस्तो अभिनेता बन्ने अनुमान गरेका थिए । तर जब रणवीर कलेज पढ्न गए त्यसबेला उनले अभिनयको विचार त्यागे ।

भारतको मुम्बईको एचआर कलेजमा पढ्दा ताका रणवीरको एक युवतीसँग प्रेम बस्यो । ती थिइन् बलिउडका हिम्यान अर्थात धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीकी छोरी आहाना देओल ।

आहाना र रणवीरबीच चाडैं सामिप्यता बढ्यो । रणवीरलाई आहना साह्रै मन पर्दथ्यो । जसका कारण उनको ध्यान अध्ययनमा भन्दा पनि अभिनयतर्फ आर्कषित हुदै गयो । आहानाका अभिभावक अभिनय क्षेत्रका रहेकै कारण रणवीरले अभिनय गर्ने सोच बनाए ।

तर पछि आहाना र रणवीरबीच ब्रेकअप भयो । कारण थियो, आहाना सोही कलेजका अर्का एक युवासंग प्रेममा परिन् । ती युवा अरु कोही नभएर अहिलेका बलिउड अभिनेता आदित्य राय कपूर थिए । त्यस समय आदित्य टेलिभिजनमा प्रस्तोता बन्न प्रयासरत थिए ।

आहानासँग ब्रेकअप पश्चात रणवीर सिंह दुखी हुदै मुम्बई छाडे र इण्डियना यूनिवर्सिटी, अमेरिकामा आर्ट पढ्न थाले । अमेरिकाबाट फर्केपछि रणवीर केही वर्ष विज्ञापन एजेन्सीमा काम गरे । सोही समयमा उनले अभिनय स्कूलमा भर्ना लिए ।

आहाना र आदित्य राय कपूरबीच ४ बर्षसम्म अफेयर चल्यो । आदित्यको जागिर टेलिभिजनमा भएपछि दुबैबीच सम्बन्धमा दरार आयो । त्यसैले दुबैबीच ब्रेकअप भयो । आहानाले ब्यवसायी वैभव वोरासँग विवाह गर् ि।

यता रणवीर सिंहले पनि अभिनेत्री दिपिका पादुकोणसँग विवाह गरे । आदित्यको भने रिया चक्रवती, श्रद्धा कपूरसंगको अफेयर हल्लापछि अहिले मोडल दिभा धवनसँग डेटमा छन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : २८ बजे

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका

धनुषा १ मा मातृकालाई जिताउने आयोगको निर्णय सदर, रास्वपाका किशोरी कालोसूचीमै यथावत

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ बाट विजयी घोषित नेपाली कम्युनिस्ट

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौं– सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी